भारतीय राजदुत रे लाई नेपालबाट फिर्ता पठाउने भने पछि भारतीय मेडियामा यसरि भयो रुवाबासी
त्यसलगत्तै भारतीय मिडियामा नेपालका लागि भारतीय राजदुत रञ्जित रेलाई कुटनीतिक विशेषाधिकार खोसेर फिर्ता पठाउने बारे नेपाल सरकारले तयारी गरिरहेको भन्ने आशयका समाचार छ्याप छ्याप्ती आएका छन् ।
भारतको टाइम्स अफ इण्डियाको अनलाइन संस्करणले हिन्दी संस्करण र नबभारत टाइम्समा रिपोर्ट प्रसारित भैरहेको छ । सञ्चार माध्यमका समाचारमा नेपाल सरकारले राजदुतलाई विशेष अधिकार खोसेर फिर्ता पठाउँदा पर्न सक्ने प्रभावबारे विचार गरिरहेको उल्लेख छ । कतिपय नेपाली मिडियामा पनि यस प्रकारको चर्चा चलेपछि परराष्ट्रमन्त्री कमल थापाले ट्वीटर मार्फत यस्ता हल्ला निराधार रहेको र भारत र नेपाल सम्बन्ध विगार्न लक्षित रहेको धारणा सार्वजनिक समेत गरेका छन् ।

0 comments
Write Down Your Responses