International
»
लिंगमा ट्याटु बनाएर कविता लेखेको आरोपमा ६ महिना कैद काटेर रिहा
लिंगमा ट्याटु बनाएर कविता लेखेको आरोपमा ६ महिना कैद काटेर रिहा

एजेन्सी । आफ्नो लिंगमा पूर्व राष्ट्रपतिको बारेमा कविता लेखको विषयमा एक व्यक्तिले ६ महिना सजाय काटेका छन् ।
म्यानमार कामाउंग सौंगखाले लिंगमा लेखिएको काल्पनिक कवितालाई सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । उनले आफ्नो लिंगमा ट्याटु बनाएर पूर्व राष्ट्रपति थिनसेनको बारेमा कविता लेखेको बताएका थिए ।
२४ वर्षका सौंगखालाई अनलाइनमा कविता पोस्ट गरेको विषयमा मानहानिको आरोप लगाइएको थियो ।
अहिले उनी ६ महिनाभन्दा बढी सजाय काटेर जेलबाट रिहा हुँदैछन् ।
उनका गर्लफे्रन्डले बीबीसीलाइ बताए अनुसार कविता काल्पनिक थियो र लिंगमा उनले भनेजस्तो कुनै ट्याटु नै छैन ।
करिब ५० वर्षको सैनिक शासनपछि म्यानकारमा अघिल्लो वर्षको नोभेम्वरमा लोकतान्त्रिक सरकारले चुनाव जितेको र सेनाले हालै सत्ता लोकतान्त्रिक सरकारलाई सुम्पिएको छ ।
म्यानमारमा हालै सोसल मिडियामा आफ्नो राय राख्ने धेरै मानिसले कानुनी कारवाहीको सामना गर्नुपरेको छ।
यस्तै पछिल्लो वर्ष फेसबुकमा म्यानमारका सेनाध्यक्षमाथि व्यङ्ग्य गर्ने एक महिलालाई ६ महिनाको सजाय सुनाइएको थियो ।
0 comments
Write Down Your Responses