नुहाउँदै गर्दा के सोच्छन् युवतीले ?

मानिसहरु धेरैले आफ्नो सिर्जनात्मकता प्रस्तुत हुने ठाउँ बाथरुम हुने गरेको बताउने गरेका छन् । बाथरुममा रहँदा नयाँ नयाँ सिर्जना हुने । नयाँ भावना आउने गरेको बताउँछन् । साहित्यिक रचना गीत, गजलहरु पनि बाथरुममा नै फुर्ने गरेको बताउँछन् । बाथरुममा हुँदा गरिने क्रियाकलाप र आफ्ना सोचहरु मान्छे अनुसार फरक फरक हुन्छ । त्यसैले त कोही घन्टौ सम्म बाथरुममा बिताउँछन् भने कोही थोरै समयमात्र बस्छन् । बाथरुममा नुहाउन पसेका युवतीहरुले चाँही के सोच्छन् त ?
 धेरै युवतीहरुको अनुभव आदानप्रदानका आधारमा युवतीहरुले बाथरुममा पसेर नुहाउन लागेका बेला यस्ता कुराहरु सोच्ने गरेका छन् ।
–मैले चाहनु भने सबैभन्दा राम्रो गाना गाउन सक्छु । त्यसैले उनीहरु बाथरुममा पसेपछि निकै ठूलो स्वर निकालेर गाउने गर्दछन् । 
 –आज मेरो केश धुनुपर्ला ?
 हैन आज पर्दैन होला । आज कसैसँग भेट्नुपनि त छैन् ।
 – (तातो पानीले नुहाउन लागेको बेला) हे भगवान ! यो पानी कति तातो ? 
तर, चिसो पानीले पनि त नुहाउन सक्दिन । 
 –मेरो कपालमा स्याम्पु लगाएको १० मिनेट भइसक्यो । अब धुन्छु । 
 –मैले कन्डिसनर लगाएको दुई मिनेट भयो । अब फटाफट कपाल तयार हुनु पर्यो । 
 –के म मेरो व्याइफ्रेण्डलाई फोन गरेर अहित्यै बोलाउँ ? उ आउने बेलासम्ममा म तयार हुन्छु । अनि उसले मलाई अफिससम्म पुर्‌याइदिन्छ । 
 –मैले नुहाउनु पहिले नै खुट्टाको रौं खौरिनुपर्छ होला । अब म स्कट लाउन पाउँदिन होला ।
 –बिना कपडा त म कस्तो मोटी देखिन्छु । मैले चाँडोभन्दा चाँडो एक्सरसाइज गर्नुपर्छ । आफूलाई फिट बनाउनुपर्छ । 
 –मैले किनेको बडिवाशको कति मीठो बास्ना । मलाई सारै मनपर्छ । 
 –आज कुन दिन पो हो ?
 कुन बार ? कुन तारिख ?
 कतै आज मेरो पीरियडको दिन त हैन । यसरी बाथरुममा नुहाउँदाको समय कसैले साहित्यिक सिर्जना गर्ने बताएका छन् भने कसैले आफ्नै दैनिकीलाई सम्झेर बिताउने गरेका छन् ।

0 comments

Write Down Your Responses