सेलेना गोमेज येसरी चीनकाे कालो सुचिमा ...
एजेन्सी । चर्चित गायीका सेलेना गोमेज चीनको कालो सुचिमा परेकि छिन् । उनको विश्वभरि फ्यान भएपनि चीनमा उनको प्रशंसक अनगिन्ति छन् । तर उनलाई चीनीया सरकारले चीन जान भिसा नदिने भएको छ ।
उनी हालै चीनिया प्रशंसको लागि कन्र्सटमार्फत मनोरन्जनदिन चिन जाने तयारीमा थिइन् । तर उनको दुइपटकसम्म भिसामा तोक लागेन । स्रोतका अनुसार चीन सरकारले सेलेना गोमेजले तिब्बती नेता दलाइ लामासँग एकपटक तस्वीर खिचाएकी थिइन् । उक्त तस्वीर उनले सामाजिक सञ्जालमार्फत पोस्ट पनि गरेकि थिइन् ।
त्यही कुरा चीन सरकारले मनमामा लिएर उनलाई चीन प्रवेसमै रोक लागएको हो ।
चीनले दलाई लामासंग सम्बन्धित कुनैपनि ब्यक्तिलाई भिसा नदिने गरेको छ । तर गोमेजको टिम र चिनि दुबैले यस विषयमा आधिकारीक धारणा ल्याएका छैनन् ।
यसअघि नै ब्राड पिट र उनकी श्रीमती एन्जेलिना जोलीले पनि भिसा पाएका थिइनन् । त्यस्तै सारोन स्टोन, केटी पेरी र लेडी गागा समेत चीनको कालोसूचिमा छन् ।


0 comments
Write Down Your Responses