भट्टराईले मुख खोले, बिरामीको बहानामा आइसीयूमा बस्नु भ्रष्टाचार हो

काठमाडौं, १८ वैशाख । साझा सहकारी संस्थाका अध्यक्ष कमनकमणि दीक्षित पक्राउ परेको दोस्रो दिनदेखि बिरामी भएको बहानामा सुविधासम्पन्न आइसियु कक्षमा बसेर भेटघाट र बिलासी सामाग्रीसँग रमाउँदै आएको आरोप लाग्न थालेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा बयानका लागि बोलाए पनि बयान दिन अटेर गरी बसेका कनकमणि पक्राउ परेको एक दिनमात्रै सर्वसाधारण बस्ने हिरासतमा बसे । अन्यथा उनले राजनीतिक पहुँच लगाएर बिरामी भएको बहानामा वीर अस्पतालको सुविधासम्पन्न आइसीयुमा बसेर उपचारको बहानामा भेटघाट गर्दै आएका छन् । उनलाई जस्तै आरोप लागेको सर्वसाधारण नागिकरले पनि यो सुविधान पाउँथ्यो त ? भनेर चौतर्फी प्रश्न उब्जिएको छ । पत्रकार कुशुम भट्टराईले आफ्नो फेसबुक स्ट्याटसमार्फत दुनियाको आँखामा छारो हालेर कनकमणि दीक्षितले सरकारी अस्पतालको दुरुपयोग गरेको आरोप लगाउँछन् । ‘दुनियाको आँखामा छारो हालेर बिरामी भएको बहानामा सरकारी अस्पतालमा आइसियुमा बस्नु के भ्रष्टाचार होइन ? आइसियुको कुन बिरामीले आजसम्म पढ्न किताब र नेट चलाउन फोन र आइप्याड लिएर बसेको छ ? आइसियुमा आजसम्म कुन बिरामीलाई जन्तीजस्तै लाइन लागेर भेट्न गइएको छ ?’, पत्रकार भट्टराईले आफ्नो स्ट्याटसमा लेखेका छन् । ‘पुरानो केस भ्रष्टाचार होस या नहोस, यो नियत भ्रष्टाचारीको भन्दा अरुको हुन सक्दैन । कारवाही होला नहोला, तर कनकको यो व्यबहार कुनै ठूलो सामन्तको भन्दा कम छैन । इतिहास नहेरौं, वर्तमान हेरौं, यस्ता पावर र पैसाको ध्वाँस लगाउने धमिराहरूलाई बहिष्कार गरौं’, भट्टराईले भनेका छन् ।

0 comments

Write Down Your Responses