प्रियंकाको स्वर मनपरेको कि बोल्ड सिन ?

काठमाडौं । फिचर फिल्ममा सर्वाधिक ब्यस्त नायिका प्रियंका कार्की मोडलिङमा पनि उत्तिकै सक्रिय छिन् । पछिल्लो समय मोडलिङमा अलि चुजी बनेकी प्रियंका पछिल्लो समय गीतको शब्द र मोडल हेरेर मात्रै अभिनय गर्छिन । ‘हो अहिले मोडलिङ गर्नु अघि अपोजिटमा को छ हेरेर मात्रै अभिनय गर्ने गरेकी छु ।’ अनलाइनखबरसँग कुरा गर्दै भनिन् । उनले आफुलाई भिडियोमा अभिनय गर्न प्रस्ताव राख्ने निर्देशकलाई कुरा गर्नु अघि अपोजिटको तस्वीर मेल गर्न लाउने गरेकी छिन् । यति हुँदा हुँदै पनि उनको पकडलाई अन्य ब्यबसायिक मोडलले तोड्न सकेका छैन । अहिले पनि चलेका गायक र भिडियो निर्देशकको पहिलो रोजाइमा प्रियंका नै हुने गरेकी छिन् । बोल्ड प्रियंकाले पछिल्लो पटक आफ्नै स्वरमा गीत रेकर्ड गराइनन् मात्रै । आफ्नै निर्देशनमा बोल्ड भिडियो पनि सुट गरिन् । ‘स्वतन्त्र’ बोलको उक्त भिडियोलाई मन पराउने दर्शकहरु क्रमश बढीरहेका छन् । सामाजिक सञ्जालमा बोल्ड फोटो पोष्ट गरेर बेला बेलामा चर्चामा आउने प्रियंकाको भिडियो हिट हुनुमा उनको स्वर हो कि बोल्ड अभिनय ? भनेर प्रश्न गर्नेहरु धेरै छन् । प्रश्न गर्नेहरु जे, सुकै गरुन् । तर, उनका आलोचकहरु समेत फ्यान बन्ने क्रम बढ्दो छ ।

0 comments

Write Down Your Responses