सरकारी वेबसाइटमा सन्नी लियोनीको नग्न तस्बिर सार्बजनिक ..
एजेन्सी: भारतको हैदराबाद नगर निगमको वेबसाइटमा सन्नी लियोनीको नग्न तस्बिर देखिएपछि हंगामा भएको छ ।
सोमवार नगर निगमको वेबसाइटमा पर पोर्न स्टारबाट बलिउड अभिनेत्री बनेकी सन्नी लियोनीको नग्न तस्बिर देखिएको हो ।
यो तस्बिर केबल वेबसाइटको मुख्य पेजमा मात्रै देखिएन अन्य पेजहरुमा पनि थियो । सन्नी लियोनीको नाङ्गो तस्बिरले नगर निगमका प्राविधिक टीमले दिनभर तनाव झेल्नुपर्यो ।
प्राविधिक टीमले यस तस्बिरलाई हटाउन धेरै मेहनेत गर्नुपर्यो । तर उनीहरुको लाखौं कोशिसका बावजुत पनि यो तस्बिर नगर निगमको वेबसाइटबाट मंगलबारमात्रै हटाइएको छ ।
यो तस्बिर सबैभन्दा पहिले ग्रेटर हैदराबाद नगर निगमको आधिकारिक वेबसाइटमा देखिन शुरु भयो । यो निमगले नगरमा फोहोर उठाउने ट्रकको निगरानी गर्ने काम गर्छ ।
तर यो साइटबाट नग्न तस्बिर हटाउनेबित्तिकै अन्य कयौं पेजमा पनि देखिन शुरु भयो ।
वेबसाइटको सुरक्षाको जिम्मेवारी लिएको प्राविधिक टीमले वेबसाइटबाट सन्नीको नग्न तस्बिर हटाउने पुरा कोशिस गरिरह्यो ।
ग्रेटर हैदराबाद नगर निगमका एक अधिकारीले बताए अनुसार वेबसाइटको सेन्टर अफ गुड गभर्नेन्स (सीजीजी) ले रेखदेख गर्छ । त्यसैले यो वेबसाइटमा सन्नीको नग्न तस्बिर देखिनुको दोष पनि उसैले लिनुपर्ने ती अधिकारी बताउँछन् ।
सोमबार साँझसम्म सीजीजीले यो सरकारी वेबसाइट कसले ह्याक गर्यो भन्ने पुष्टि गर्न सकेन । समाचार अनुसार नगर निगमको साइटको डाटामा कुनै कर्मचारीले लापरबाही गर्दा यस्तो भएको हो ।
यस मामिलामा सोमवार साँझसम्म कसैविरुद्ध जाहेरी हालिएको छैन। पुलिसले निगमका कसैले पनि उजुरी नगरेको जनाएको छ । जाहेरी आएमा यसबारे कारबाही अघि बढाउने पुलिसले बताएको खबर भारतीय सञ्चारमाध्यममा छापिएको छ ।


0 comments
Write Down Your Responses