पूर्वराजा ज्ञानेन्द्र येसरी सुटुक्क कता उडे ?
काठमाडौं, १७ वैशाख । लामो समयदेखि चुपचाप बसेका पूर्वराजा ज्ञानेन्द्र शाह अचान भारत भ्रमणमा गएका छन् । निजी सचिव सागर तिमिल्सिनाका साथमा उनी बिहीवार दिउँसो करिब साढे ४ बजे इन्डियन एयरलाइन्सबाट भारतको नयाँ दिल्ली गएका हुन् ।
पूर्वराजाले सशस्त्रका निजी अंगरक्षक डीएसपी गगन श्रेष्ठ र शाही अर्दली हस्तबहादुर थापालाई पनि सँगै लगेको नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।
मुलुकमा राजतन्त्र फर्कन सक्ने हल्ला चलिरहेका बेला विशेष कारण देखाउँदै पूर्वराजा अचानक भारत भ्रमणमा जानु अति महत्वपूर्णरुपमा लिइएको छ ।
उनले भारतमा उच्च राजनीतिक भेटघाट गर्ने सम्भावना रहेको दरबार उच्च स्रोतले जनाएको छ ।
यसअघि गएको पुसमा थाइल्याण्ड भ्रमणमा गएका पूर्वराजाले भारतका उच्च राजनीतिज्ञहरुसँग थाइल्याण्डमै भेटघाट गरेका थिए । ‘बिहीबारमात्रै अचानक भारत भ्रमणमा जाने कुरा चल्यो’, उच्च स्रोतले भन्यो,‘ तबमात्रै तयारी गर्यौं ।’
करिब एक महिना थाइल्याण्ड बसाइपछि नेपाल फर्किएका पूर्वराजा पछिल्लो समय कुनै भेटघाट गरेका थिएनन् ।
‘कार्यक्रममा समेत नगइ निर्मल निवासमा बसिरहेका उनको अचानक भारत भ्रमणले आश्चर्य पारेको छ’, उच्च स्रोतले भन्यो ।’


0 comments
Write Down Your Responses