येसकरण कोरियाले नेपाली कामदार को कोटा घटायो

काठमाडौं, १६ वैशाख । अर्थतन्त्रमा आएको मन्दी र गत वर्ष प्रक्रिया पूरा गरेर जान नपाएकाको रोस्टरमा लामो सूची रहेका कारण दक्षिण कोरियाले आगामी वर्षका लागि नेपालमा कामदारको कोटा कटौती गरेको हो । सन् २०१७ मा कोरियाले अधिकतम ३१ सय नेपाली परीक्षार्थीलाई मात्रा भाषा परीक्षामा उत्तीर्ण गराउने जानकारी दिएको छ । गत वर्ष ८ हजार ५ सय जना परीक्षार्थी भाषा परीक्षामा उत्तीर्ण भएका थिए । तीमध्ये अहिलेसम्म २५ सय मात्रै काम गर्न कोरिया जान पाएका छन् । गत वर्ष भाषा परीक्षा पास गरेकालाई कोरियाली रोजगारदाताले लैजाने क्रम चलिरहेको छ । परीक्षा पास गरेकाको नाम रोस्टरमा समावेश गरिउको हुन्छ । सोही आधारमा रोजगारदाताले मन परेका व्यक्ति छानेर काम गर्न बोलाउने गर्छन् । पछिल्लो समय कोरियाको अर्थतन्त्रमा सामान्य मन्दी आएको छ । आन्तरिक बजारमा पनि रोजगारीको माग बढेको अनुमान छ । यसले पनि विदेशी कामदारको कोटा केही घटाउको हुन सक्ने इपीएस कोरिया शाखाको बुझाइ छ । गत वर्ष भूकम्पका कारण कोरियाले नेपालको कोटा बढाएको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

0 comments

Write Down Your Responses