पत्नीहरुका कारण बढ्दैछ भ्रष्टाचार र घूसखोरी !

एजेन्सी: इन्डोनेसियाका एक मन्त्रीले भ्रष्टाचारलाई लिएर एक अनौठो बयान दिएका छन्। उनले भ्रष्टाचारका लागि पत्नीहरुलाई जिम्मेवार ठहर गर्दै घूस र भ्रष्टाचारको कारण उनीहरुको बढ्दो महत्वकांक्षा रहेको उल्लेख गरे । राजनीतिक दलहरु र मन्त्रीदेखि प्रशासनसम्म भ्रष्टाचारको समस्यासँग जुधिरहेको इन्डोनेशियामा कयौं मन्त्री र न्यायाधीशलाई घूस लिएको अभियोगमा जेल सजाय पनि भइसकेको छ । अधिकारीहरुको गैरकानुनी गतिविधि रोक्नुको सट्टा इन्डोनेशियाका धार्मिक मामिलका मन्त्री लुकमान हकीम सैफुद्दिनले पत्नीहरुको बढ्दो लोभ लालचलाई भ्रष्टाचारको प्रमुख कारण मानेका हुन् । 'पत्नीहरुको तमाम महत्वकांक्षा पुरा गर्नका लागि कर्मचारी र मन्त्रीहरु भ्रष्टाचार गरिरहेका छन्', उनले भने, 'पत्नीहरुले महंगा गहना, कपडा र विलाशी सामान किन्न खोजिरहन्छन् । जसले गर्दा भ्रष्टाचार बढिरहेको छ । परिवारका सदस्यहरुको अनावाश्यक मागकारण देशमा भ्रष्टाचार बढिरहेको छ ।' उनले आफ्नो देशका गृहिणीहरुलाई अनावाश्यक र असामान्य तथा विलाशी उपहार र सामानको माग पतिसँग नगर्न पनि अपिल गरेका छन् । पत्नीहरुले महत्वाकांक्षा नगरेमा भ्रष्टाचार रोक्ने दिशामा उनीनहरुको सार्थक योगदान हुने उनले बताए । मन्त्रीको यो विवादास्दप बयानलाई लिएर इन्डोनेशियाका महिलाहरुले कडा विरोध जनाएका छन् । उनीहरुले भ्रष्टाचार बढेको मामिलामा महिलालाई निशाना बनाइनु र दोषी ठहर्याउनु सरासर गलत भएको बताएका छन् । इन्डोनेशिया भ्रष्टाचारको मामिलामा विश्वका १६८ देशको सूचीमा ८८ औं नम्बरमा रहेको छ ।

0 comments

Write Down Your Responses