पर्वतमा यसरी बन्दैछ विश्वकै दोस्रो अग्लो बञ्जी जम्प


१४ वैशाख, काठमाडौं । पर्वत जिल्लाको कुश्मामा विश्वकै दोस्रो अग्लो बञ्जी जम्प सञ्चालन हुने भएको छ । कालीगण्डकी नदीको खोाचमा निर्माण गरिने बञ्जीको शनिबार शिलान्यास गरिएको छ । यो बञ्जीको उचाइ करीव दुई सय २५ मिटर अग्लो हुने लगानीकर्ता राजु कार्कीले अनलाइनखबरसाग बताए । मकाउमा रहेको विश्वकै सबैभन्दा अग्लो बञ्जीको उचाइ दुई सय ३५ मिटर रहेको छ । भोटेकोशीमा रहेको बञ्जीभन्दा ६५ मिटर अग्लो हुनेछ । ‘हामीले पर्वतमा बञ्जी, स्वीङ, स्तरीय रिसोर्ट सञ्चालन गर्दैछौं’ कार्कीले भने- ‘अबको एकदेखि डेढ वर्षभित्र बञ्जी सञ्चालनमा आइसक्ने छ ।’ बञ्जी र स्वीङका लागि बनाइने पुल ठूला-ठूला प्वालसहितको एडभेञ्चर्स फिल गराउने हुनेछ । किनभने पुलबाट हिाड्दा तल छर्लङ्गै देखिनेछ । जसले आकाशमा हिाडेजस्तो अनुभव दिलाउनेछ । यस्तोखालको पुल अहिलेसम्म नेपालमा नबनेको कार्कीले बताए । ५१४ मिटर लम्बाइ रहने यो पुलको उचाइ २४५ मिटर हुनेछ । निर्माण सम्पन्न भएपछि यही पुल एशियाको सबैभन्दा अग्लो ठहरिने छ । दोस्रो चरणमा पुलको मध्यतिर पर्ने २० मिटर भागमा सिसा राख्ने योजना बनाएको उनको भनाइ छ । यो बञ्जीबाट खोलामा झरेर हिाड्दै माथि आउनुपर्दैन । यसमा रहेको हृवीङ्स सिष्टमले आफै तानेर पुलमा ल्याउनेछ । बञ्जीमा ४ देखि ५ सेकेन्डको फ्री फल हुने कार्कीले बताए । बञ्जी गरेर पुलमा फर्किन करीब ५ मिनेट लाग्ने उनको अनुमान छ । स्वीङको फि्र फल १० सेकेन्डको हुनेछ । स्वीङ गर्न करीव ६ मिनेट लाग्ने बताइएको छ । यो पुलले कुश्माको चाक्लो डिलबाट बाग्लुङको नारायणस्थानलाई जोड्नेछ । पर्यटकलाई बस्नका लागि बाग्लुङ साइडमा स्तरीय होटल बनाइने छ । करीव २० रोपनी क्षेत्रफलमा फैलिने रिसोर्टमा पहिलो चरणमा ३० वटा रुम बनाउने कार्कीले जानकारी दिए । दोस्रो चरणमा २० वटा रुमहरु थपेर ५० पुर्‍याइने भएको छ । सफारी टाइपका रिसोर्टका रुमहरु स्टान्डर्ड र डिलक्स टाइपका हुनेछन् । रिसोर्टमा भवन नभएर भिल्लाजहरु बनाइने छ । रिसोर्ट ३ तारेस्तरको हुनेछ । रिसोर्टमा स्वीमिङ पुल, स्टिम वाथ र वातानुकुलित रुमहरु हुनेछन् । बञ्जी पोखराबाट ५७ किलोमिटर दुरीमा रहनेछ । पोखरा आउने पर्यटकलाई लक्षित गरेर बञ्जी निर्माण गर्न लागेको कार्कीले जानकारी दिए । बञ्जीसहित रिसोर्ट, स्वीङ र पुल निर्माणका लागि करीव ११ करोड लगानी हुने अनुमान गरिएको छ । बञ्जीमा कार्कीसहित स्थानीय व्यवसायी युवराज जोशी, नेत्र पराजुली, फ्लोरिडा र स्थानीय बासिन्दाको लगानी रहने छ । कार्कीका अनुसार स्थानीयलाई ४९ प्रतिशत शेयर दिइएको छ । यो बञ्जी सञ्चालनमा आएपछि नेपालको साहसिक पर्यटनमा नयाा आयाम थपिने अर्का लगानीकर्ता नेत्र पराजुलीले अनलाइनखबसाग बताए । ‘राजु कार्कीसाग भोटेकोशीमा बञ्ज गराएको अनुभव थियो, उहााले कालीगण्डकीमा बञ्ज सञ्चालन गर्ने प्रस्ताव गरेपछि हामी पनि उत्साहित भयौं’ उनले भने । बञ्जी र रिसोर्ट सञ्चालनका लागि पर्यटन विभागले स्वीकृत दिइसकेको छ । नेपालमा अहिलेसम्म भोटेकोशी र पोखरामा दुईवटा बञ्जी सञ्चालनमा छन् । यो बञ्जी र स्वीङको रेटसमेत भोटेकोशीको भन्दा केही महंगो हुन सक्ने कार्कीले बताए । स्वदेशी युवा पुस्ता र विदेशी पर्यटकलाई लक्षित गरी बञ्जी सञ्चालन गर्न लागेको उनको भनाइ छ । यो बञ्जी अन्नपूर्ण सर्किट, मुक्तिनाथ जाने बाटोमा पर्ने हुादा पर्यटकका लागि पनि सुविधा हुने अपेक्षा गरिएको छ ।

0 comments

Write Down Your Responses