गुण्डागर्दीमा संलग्न सिंहलाई हतियार राख्न सरकारले नै स्वीकृति दिएको खुलेपछि…
काठमडौं, वैशाख १५। महानगरीय प्रहरी परिसर ललितपुरले गुण्डागर्दीमा संलग्न विश्वक्रान्ति सिंहलाई गत चैत २३ मा दुईवटा हतियार डेढ सयभन्दा धेरै गोलीसहित पक्राउ गर्यो । हतियार देखाएर तर्साउने गरेको उजुरीका आधारमा उनीमाथि छानबिन गर्दा दुवै हतियार राख्न उनलाई राज्यबाट नै स्वीकृति दिएको खुलेपछि प्रहरी अधिकारी नै चकित भए । नामुद गुन्डा नाइकेलाई राज्यले नै खतरनाक हतियार राख्ने लाइसेन्स दिएको थियो । जेलबाट छुटेलगत्तै लाइसेन्स लिएर हतियार खरिद अवैध हातहतियार देखाएर गुन्डागर्दी तथा अपहरण गरेको आरोपमा हेटौंडाका सिंह ०६४ सालमा जेल परेका थिउ । करिब सात महिना जेल बसेर छुटेलगत्तै उनले सरकारबाटै लाइसेन्स लिएर हतियार किनेको अनुसनधानमा खुलेको छ । सरकारबाट लाइसेन्सप्राप्त त्यही हतियारका आधारमा व्यवसायीलाई धम्क्याएर पैसा असुल्दै आएका सिंह तीन सातादेखि महानगरीय प्रहरी परिसर ललितपुरको हिरासतमा छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।


0 comments
Write Down Your Responses