अनुष्काको नाम सुन्ने वित्तिकै किन येसरी भड्किए विराट ?

अनुष्काको नाम सुन्ने वित्तिकै किन भड्किए विराट ?मुम्बइ-टिम इण्डियाका स्टार बल्लेबाज विराट कोहलीलाई बलिउड अभिनेत्री अनुष्का शर्मासँगको सम्बन्धका विषयमा प्रश्न गर्दा आक्रोशित भएका छन्। भारतीय संचारमाध्यमका अनुसार मुम्बईको एक फोन कम्पनीले एप लन्च कार्यक्रममा विराटले हद आफू आफ्ना समर्थकको विषयमा कुनै टिप्पणी नगर्ने तर हद पारगरेपछि आफूले समर्थकको पनि टिप्पणी गर्नुपर्ने बताएका छन्। सो कार्यक्रममा विराटमा प्रषंशकले अनुष्का र विराटको सम्बन्धका विषयका प्रश्न सोधेका थिए। विराटले अनुष्काको नामै नलिइ सो विषयमा आफैंले पहिला नै बोलिसकेकाले अब कुनै टिप्पणी नगर्ने बताए।
 उनले सबै विषयका सीमा आफैं तय गर्ने भन्दै सीमा उल्लघंन गर्ने विरुद्ध आफू चप लागेन नबस्ने चेतावनी दिए। विराट र अनुष्का केही दिन अगाडि मुम्मईमा एकसाथ देखा परेका थिए। दुवैजना बान्द्रास्थित एक होटलमा डिनरका लागि गएका थिए। भारतीय संचारमाध्यमका अनुसार विराट र अनुष्काबीचको असमझारीसमेत कम भएको छ। बलिउड सुपरस्टार शलमान खानले मध्यस्थकर्ताको भूमिका निर्वाह गरी दुईबीचको दूरी कम गराएका हुन्। अनुष्का र विराटलाई सलमानले आफ्नो घर बोलाएर मध्यस्थता गरेका थिए। अनुष्का र विराटबीच २०१३ मा प्रेमको चर्चा सुरु भएको थियो। अनुष्काका भाइ करुणेशले अन्डर–१९ क्रिकेट म्याच खेलिसकेका छन्। उनको विराटसँग लामोसमयदेखि चिनजान गरेको छ।

0 comments

Write Down Your Responses