खेलाडीले गरे येसरी सलमानको विरोध ....

अभिनेता सलमान खान आगामी रियो ओलम्पिक्सका लागि ‘गुडविल एम्बेसेडर’ नियूक्त भएपछि भारतमा उनको नियूक्तिलाई लिएर भारतीय केलजगत विवादित र विभाजित बनेको छ। चर्चित धावक खेलाडी मिल्खा सिंहले सलमानको नियूक्तिको विरोध गरेका छन्।अर्का खेलाडी योगेश्वर दत्तले पनि विरोध गरेका थिए। मिल्खाले भारतको नामका लागि रगत पसिना बगाउने पीटी उषा, राज्यवर्धन सिंह राथौड, अजित पाल लगायतका खेलाडीलाई सद्भावना दुत्त नबनाइ किन बलिउडबाट बानउनुपर्ने जरूरत पर्‍यो भनेर असन्तुष्टि पोखेका छन्। लन्डन ओलम्पिक्समा बक्सिङ्मा भारतलाई कास्य पदक जितेकी मैरी कोमले भने सलमानको नियूक्तिको समर्थन गरेकी छन्। उनले खेल क्षेत्रमा सलमानजस्ता स्टार जोडिनु खेलका लागि राम्रो भएको बताइन् । सलमान नियूक्तिको विरोधको अग्रपक्तिमा उभिएका योगेश्वरले मिल्खा अघि देशलाई प्रायोजकको भन्दा पनि पदकको आवश्यक्ता रहेको बताएका थिए। उनीहरूले सलमानको नियूक्तिलाई संशोधन गर्न माग गरेका छन् ।

0 comments

Write Down Your Responses