ज्योती मगरलाई गीतबाटै आग्रह- नखोल न जिउको लुगा ए ज्योती पचाएर…
यसो सोचेँ के विषयमा के लेखौं? भनेर। आजकल विषय पाउन नै गाह्रो। राजनीतिक विषय लेखौं भने आफू राजनीतिमा ओम छु। टेलिभिजन खोल्यो, हरेक च्यानलमा राजनीतिज्ञकै अन्तर्वार्ता उनीहरूकै चर्चा।
कवि/साहित्यकारका बारे लेखूँ त आफूभन्दा अग्रजको विषयमा लेख्नलाई उस्तै क्षमता र ज्ञान हुनुपर्यो। जथाभावी लेखेर हुन्न। फेरि आजकल को भन्दा को कम?
कलम चलाउने सबैको मुहारे भित्तोमा वाहवाही र चर्चा नै छ।
को पो नेपथ्यमा छन र? जस्तो लाग्यो। हावा जता बहन्छ आफूपनि उतै बहनु पर्छ भन्ने आजको मान्यतालाई आत्मसात गर्दै आजभोलि जो चर्चामा छ अर्थात सबैको मन मस्तिष्कमा छाएकी छ, उसैलाई पो एउटा गीती रचना मार्फत आग्रह गरौँ कि जस्तो लाग्यो।
हुन त मान्छेको आ -आफ्नो स्वभाव हो अनि त्यो स्वभावलाई चरितार्थ गर्नुपनि अर्को ईश्वरीय गुण हो। हो यस्तै स्वभाव र गुण भएकी अहिलेकी लोक गायीका हुन् ज्योती मगर। उनकै बारेमा लेखिएको अहिलेको चर्चित गीत हो-‘ए ज्योती, ए ज्योती, देउ न एकचोटी……’।
हुन त यो गीत त्यस्तो अश्लिल छैन। तर, यो गीतको शब्दलाई सबै श्रोता सामू लोकप्रिय बनाउन गीत लेख्नेको शब्द चयन र संगीतकारको चलाखी नै मान्नुपर्छ।
यसो भनेकै भएपनि त हुन्थ्यो नि ए ज्योती… ए ज्योती हाम्लाई माया देउ न एकचोटी…’ यति शब्दको स्थान अन्तरले पनि यो गीतको अर्थलाई कत्ति फरक बनाएको छ त?
‘देउ न एकचोटी शब्दकै अगाडि हाम्लाई माया’ लेखेको भए शायद यो गीतले जति अहिले चर्चा पाएको छ त्यति पाउन सक्दैनथ्यो होला। जे होस् ज्योतीको आकर्षक जिउ डाल/हाउभाउ र गीत प्रस्तुतिमा उसको अंग प्रदर्शन नै उसको चर्चाको विषय बनेको छ, र छ उसमै उस्तै प्रस्तूति गर्ने प्रतिभा र सबैलाई आकर्षित गर्ने कला।
म पनि यदा /कदा गीत लेख्ने भएकीले लोक गायीका ज्योती मगरको एक श्रोता र दर्शक भएकी नाताले अरुको आग्रहलाई पनि म मार्फत नै पुर्याउन मन लाग्यो।
एक दर्शक अनि श्रोता र लोक गायीका ज्योती मगरको शुभ चिन्तक भएको नाताले मैले यहि एक गीत आग्रह स्वरूप लेखेँ।
हुन सक्छ यो आग्रह गायिका ज्योतीलाई मेरो मात्र नभएर औसत उनका अन्य प्रशंसक र शुभचिन्तकको पनि हुन सक्छ।
नखोल न जिउको लुगा ए ज्योती पचाएर शरम
तिम्रो अंग/अंग देख्दा ए ज्योती ती मन हुन्छन् गरम ………..,
गाउँ घरको ख्यालै छैन, छैन डर केही
आँखा झिम्काई लट्ठ पार्छ्यौ छैन भर केही
कोईलीले झैं गीत गाउँछौ, नाँच्छौ कम्मर भँचाई लोकलयमा आवाज दिन्छौ झुम्छौ तिघ्रा देखाई….
नबन न वेस्ट्रन अब ए ज्योती बिर्सिएर संस्कार
तिम्रो नाङ्गो शरीर देखी ए ज्योती लाग्छन् लावा लस्कर…
बा/आमाले के पो भन्लान् छैन केहि सुद्धि
कै’ले फिर्ला तिम्रो हरे शरीर ढाक्ने बुद्धि
भाका फेर्दै गाउँछौ गीत, जिउ हल्लाई,हल्लाई
मक्ख पर्छौ युवालाई बाटो बिचै ढलाई…
नखोल न जिउको लुगा ए ज्योती पचाएर शरम
तिम्रो अंग/अंग देख्दा ए ज्योती ती मन हुन्छन् गरम….


0 comments
Write Down Your Responses