विदेशबाट रित्तो हात फर्किएका म्याग्दीका एक युवाको कमाल
म्याग्दीको भकिम्ली–६ डाँडाँखानीका धनबहादुर श्रीष मगर बैदेशिक रोजगारीबाट घर फर्कदा ऋण चुलुम्बै डुवेका थिए । विदेशमा कमाउन गएका श्रीष घर फर्कदा ऋणको पोको बोकेर फर्किए । उनको कमाई खाने पखाईमा बसेका परिवार पनि हिस्स मात्रै परेनन् विदेश जाँदा लागेको ऋण कसरी तिर्ने भन्ने चिन्ताले समेत दिनरात सताउन थाल्यो । चिन्तैचिन्तामा श्रीषले सुरू गरेको बाख्रापालनले ऋण मात्र तिरेनन् अहिले रहरलाग्दो आम्दानी समेत गरिरहेका छन् ।

0 comments
Write Down Your Responses