भारतबाट आयो पत्याउनै नसकिने अर्काे खबर !

काठमाडौं । भारतले इन्धन आयात बढाउला बन्ने विश्वासै गर्न सकिदैन किनकि उसले धेरै पटक दिन्छु दिन्छु भनेर धोका दिइएसकेको छ । तर, फेरि अहिले भारतको इन्डियन आयल कर्पोरेशन (आईओसी)बाट नेपालले पाउने ग्यासको कोटामा वृद्धि भएको समाचार आएको छ । २९ हजार ४१६ मेट्रिकटन मासिक कोटालाई बढाएर अब ३७ हजार मेट्रिकटन कायम भएको छ ।नेपाल आयल निगम र आइओसीबीच यसै साता भारतमा भएको वार्तामा ग्यासको कोटा बढाउने सहमति भएको हो नेपालले बैरीनिबाट १३ हजार, हल्दिया १७ हजार र मधुराबाट ७ हजार मेट्रिकटन ग्यास आयत गर्न पाउनेछ । भूकम्प र नाकाबन्दीपछि सबैभन्दा धेरै मार्च महिनामा ३० हजार मेट्रिकटन ग्यास आयात भएको थियो । ३३ हजार मेट्रिकटन ग्यासको प्रडक्ट डेलिभरी अर्डर जारी गर्दा ३० हजार मेट्रिक टन ग्यास आपूर्ति भएको थियो । कारोबार दैनिकमा समाचार छ । dainiknepal

0 comments

Write Down Your Responses