जान्नुहोस् संजय दत्तको ‘मुन्ना भाई ३’ कहिले रिलिज हुनेछ

FILE - In this June 5, 2010 file photo, Indian Bollywood actor Sanjay Dutt speaks during a press conference promoting his new Bollywood film "Knock Out" at the International Indian Film Academy awards event in Colombo, Sri Lanka. India's Supreme Court gave Dutt more time to finish films before he goes to prison for a 1993 weapons conviction linked to a deadly terror attack. Dutt had appealed to the court that he needed six months to complete his pending film commitments. He was supposed to surrender Thursday, and the court Wednesday, April 17, 2013 ordered the deadline extended by four weeks. (AP Photo/Chamila Karunarathne, File)जेलबाट बाहिर निस्किएपछि नायक संजय दत्त अब चलचित्र यात्रामा लागेका छन् । उनी अब चाडै नै चलचित्र ‘मुन्ना भाइ’को तेश्रो सिरिजमा काम गर्ने तयारीमा छन् । अघिल्ला २ सिरिज हिट भएकाले पनि तेश्रो सिरिजको प्रतिक्षा गरिएको थियो । आफ्नो जन्मदिनको अवसर पारेर संजयले चलचित्र छायांकन र प्रदर्शन मितिको बारेमा कुरा गरेका छन् । उनका अनुसार यो चलचित्रको छायांकन नोभेम्बरबाट सुरु हुनेछ । उनका अनुसार चलचित्रको रिलिज सन् २०१८ मा हुनेछ । संजयले आफूले यो चलचित्रपछि महेश मांजरेकरको एक चलचित्र गर्न लागेको बताए । ‘दे धक्का’ नामक मराठी चलचित्रमा काम गर्न लागेको संजयको भनाई छ । यसपछि पनि आफ्नो हातमा राम्रा प्रोजेक्ट भएको उनले बताए । संजयको नयाँ चलचित्रलाई लिएर उनका फ्यानमा पनि उत्साह थपिएको छ । संजयले यस बिषयमा भने-‘म पनि चलचित्र रिलिजको समय पर्खिएर बसेको छु ।’ राजकुमार हिरानी अहिले संजय दत्तको बायोपिकमा काम गरिरहेका छन् । यसकाकारण पनि चलचित्र ‘मुन्ना भाइ ३’को छायांकनमा ढिलो भएको हो । यस बिषयमा संजयले भने-‘म यो चलचित्रमा काम गर्दिन । मलाई लाग्छ यो चलचित्रको छायांकन फ्रेवुअरीमा सुरु हुन्छ ।’

0 comments

Write Down Your Responses