कर छली मामिलामा मेस्सीलाई बार्सिलोनाको साथ, साथ दिन समर्थकसँग बार्सिलोनाको आग्रह .....

काठमाडौं,२६ असार । स्पेनिस क्लब बार्सिलोनाले स्ट्राइकर लियोनल मेस्सीलाई साथ दिन समर्थकसँग आग्रह गरेको छ । स्पेनको एक अदालतले कर छलीको आरोपमा मेस्सी र उनका बुवालाई २१ महिनाको जेल सजाय सुनाएपछि बार्सिलोनाले त्यस विरुद्ध अभियान सुरु गर्दै मेस्सीको पक्षमा उभिन समर्थकसँग आग्रह गरेको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । सन् २००७ देखि २००९ को बिचमा ४१ लाख युरो कर छली गरेको आरोपमा स्पेनको अदालतले मेस्सी र उनका बुवालाई २१ महिने जेल सजाय तोकेको थियो । उनीहरूले अदालतको फैसला विरुद्ध सर्वोच्च अदालतमा अपिल गर्ने बताइसकेका छन् । यसैबीच बार्सिलोनाले आफ्ना समर्थकलाई बिना शर्त मेस्सीलाई सहयोग गर्न आग्रह गर्दै अभियानै चलाएको छ । ‘वि आर अल लियो मेस्सी’ ह्यासट्याग मार्फत बार्सिलोनाले आफ्नो ट्वीटर एकाउन्टबाट अभियान सुरु गरेको हो । बार्सिलोनाले क्लबका सबै सदस्य, सहयोगी क्लब, समर्थक, खेलाडी, सञ्चार माध्यमसहित सबैलाई अभियानमा सहभागी हुन आग्रह गर्दै मेसीलाई उनी एक्लै छैनन् भनेको छ । -एजेन्सी

0 comments

Write Down Your Responses