अनमोल अमेरिका नजानुमा लुकेको भित्री रहस्य येस्तो पो रहेछ ....

काठमाडौं । अभिनेता भुवन केसी अहिले अमेरिका पुगेका छन् । आफ्नो पछिल्लो चलचित्र ‘ड्रिम्स’ प्रदर्शनका गर्न उनी त्यहाँ पुगेका हुन् । केही दिन अगाडि भुवन सुटुक्क अमेरिका उडेका थिए सामाजिक संजालबाट भुवन अमेरिका पुगेको खबर बाहिरिएको हो । अष्ट्रेलिया, वेलायतमा भूवन केसी चलचित्रका हीरो अनमोलका साथ पुगेका थिए । तर अमेरिका भने एक्लै गएका छन् । आखिर किन त ? हुनत, केही दिन अगाडि ‘कृ’ नामक चलचित्रको संझौता गर्दा अनमोलले अब आफू अमेरिका नजाने बताएका थिए । चलचित्रको छायांकन सुरु हुन ६ महिना बाँकी छ । चलचित्रको छायांकन सुरु हुन ६ महिना बाँकी रहँदा नै अनमोल अमेरिका नगएर नेपालमै छन् । यसको कारण अमेरिकाले भिसा नदिएको पनि हुनसक्छ । यस विषयमा अहिले चलचित्र क्षेत्रमा बिभिन्न गसिफहरु बनिरहेका छन् । भित्रीकुरा बुझ्ने हो भने चाबहेलमा रहेको एक कन्सल्टेन्सीलाई भुवनले अनमोलको भिषा प्रोसेसका लागि आग्रह गरेका थिए । तर उक्त कन्सल्टेन्सीले भिषा प्रोसेसका लागि चार्ज लाग्ने भुवनलाई सुनाए । स्टारको पनि चार्ज लाग्छभन्दै भुवन आफैले भिषा प्रोसेस गरे । भुवनको प्रोसेसले अमेरिकाले अनमोललाई भिषा दिएन । सो लुकाउन भुवन सुटुक्क अमेरिका उडेका हुन् । (सिनेहटलाइनबाट) dainiknepal

0 comments

Write Down Your Responses