अक्षय कुमारले दर्शकको घडी चोरेपछि ....

फिल्म ‘हाउस फुल ३’ को प्रोमोशनमा व्यस्त रहेका नायक अक्षय कुमारले दर्शकको घडी चोरेका छन् । फिल्मको प्रोमोशनका लागि कपिल शर्माको ‘द कपिल शर्मा सो’ मा पुगेका अक्षयले यसरी दर्शकको घडी चोरेकी कसैले मेसो समेत पाएनन् । कपिलको सो मा अन्य कलाकारहरु अविष्यक बच्चन, रितेश पनि आएका थिए । उनीहरुले सेटमा खुब रमाइलो गरेका थिए । कार्यक्रम चल्दै गर्दा अक्षय आफैले दर्शकको घडी चोरेको बताएका थिए र रमाइलो अन्दाजमा घडी फिर्ता गरेका थिए । हाउसफुल एक कमेडी फिल्म रहेको छ । उक्त फिल्म ३ जुनमा रिलिज हुँदैछ ।

0 comments

Write Down Your Responses