करिश्मालाई साक्षी राखेर बाबुरामले के भने ?

karishama baburamघटना र विचार साप्ताहिकको खबर काठमाडाै‌, जेठ १९ । “सधै इतिहासको ब्याज खाएर बस्ने कि साँवा बढाउनेतिर पनि लाग्ने ?” मुलुकलाई जनयुद्धको भारी बोकाएर प्रधानमन्त्रीको कुर्सीको स्वदसमेट बटुल्दै हाल नयाँ शक्ति गठन अभियानमा हातपाउ मारिरहेका डा. बाबुराम भट्टराईयसो भन्दै गरेको अवस्थामा गत साता धादिङ सदरमुकाममा भेटिए । नयाँ शक्तिको अन्तरिक जिल्ला परिषदले धादिङवेसीमा शुक्रबार आयोजना गरेको एक अन्तरक्रियामा प्रमुख राजनीतिक दलहरुतर्फ संकेत गर्दै उनले भने, “दलहरु इतिहासको ब्याज खाएर मात्र बस्नुहुँदैन साँवा बढाउन लाग्नुपर्छ ।” नेपालमा दलहरु नयाँ काम नगरेर इतिहासको ब्इाज मात्र खाएर बस्दा समृद्धिको यात्रा अगाडि नबढेको तर्क उनको थियो । भट्टराईको तर्क मान्ने हो भने नेपाली कांग्रेस ००७ सालको ब्जाय खाइरहेछ । एमाले नौ महिने सरकारको र माओवादी गणतन्त्रको आफूले गठन गर्न लागेको नयाँ शक्तिचाहिँ इतिहासको ब्इाज खने नभई विकास र मृद्दिको नेतृत्व गर्दै साँ बढाउनेतिर लाग्ने दाबी उनले गरे । नयाँ शक्ति छिट्टै शासन सत्तामा उक्लने र वैदेशिक रोजगारीमा रहेका नेपाली युवा युवतीलाई १० वर्षमा स्वदेशमा रोजगारको अवसर सिर्जना गर्दै देश फर्काउने दावी पनि भ्टराईले गरे । प्रधानमन्त्री खड्गप्रसादले बाँडेको सपना भावना मात्रै भएको किटाटान गर्दै डा. भट्टाईले भने, “सपना देख्न राम्रो कुरा हो तर त्यसको आधार चाहिन्छ, फगत भावना बाँडेर देश विकास हुँदैन । नेतासँग प्राथमिकतासहित ठोस कार्यक्रम चाहिन्छ ।” उक्त कार्यक्रममा नयाँ शक्तिकी करिश्मा मानन्धरको उपस्थिति थियो ।

0 comments

Write Down Your Responses