पक्राउ परेका मनिषाका प्रेमी विमलकै साथी भएको खुलासा, पोष्टमार्टम रोकियो

bhannnआशिष र मनिषाबीच केही वर्षयता प्रेम सम्बन्ध रहेको त्यसैको विकराल स्वरुपमा घटना भएको अनुसन्धानमा संलग्न नवलपरासी प्रहरीका एक अधिकारी बताउँछन् । उनका अनुसार आशिष नवलपरासीकै तिलकपुर गाविस–४ का युवा हुन् । ती अधिकारीका अनुसार घटना हुनुभन्दा एक दिन अगाडि मनिषालाई फोनमा धम्की आएको पनि पाइएको छ । यो घटनामा अन्य व्यक्तिहरुको हात रहेको आशंका गर्दै प्रहरीले एक एकमाथि निगरानी गर्दै छानविन गरिरहेको छ । पोस्टमार्टम रोकियो नवलपरासी प्रहरी प्रमुख एसपी राजेन्द्र प्रसाद चौधरीले मनिषाको शवको पोस्टमार्टम अहिलेसम्म नगरिएको जानकारी दिए । पोस्टमार्टमका लागि भन्दै परासीस्थित शवलाई जिल्ला अस्पताल पुगाएपनि अहिलेसम्म पोस्टमार्टम सुरु हुन नसकेको हो । एसपी चौधरीका अनुसार मृत्यु निकै रहस्मयी भएकाले पोस्टमार्टमका लागि शवलाई काठमाडौं पठाउने तयारी भइरहेको छ । जसका बारेमा जिल्लाका प्रमुख निकायहरुबीच छलफल भइरहेको छ । dainiknepal

0 comments

Write Down Your Responses