हो म पैसाका लागि पुरुषहरुसँग सुतेकी छु’ ..!

मुम्बई । अभिनेत्री शर्लिन चोपडाको ‘म पैसाका लागि मानिसहरुसँग सुतिरहेको’ बयानले बलिउडमा हंगामा मच्चिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उनले ‘पैसाका लागि मानिसहरुसँग सुतिरहेकी छु’ भनेर सामाजिक सञ्जालमा ट्वीट समेत गरेपछि बलिउड बजार तातिएको हो । यसमा उनले शुक्रबार सार्वजनिक रुपमै प्रतिक्रिया समेत दिएकी छिन् । खुलेर कुरा गर्ने अभिनेत्रीको रुपमा चिनिएकी शर्लिन यस्तै वयानका कारण बेला बेला विवादमा तानिने गर्छिन् । उनी अहिले आफ्नो फिल्म ‘कामसूत्र ३डी’लाई लिएर चर्चामा छिन् । उसो त उनी फिल्म भन्दा पनि यस्तै विवादित निजी वयानका कारण चर्चामा रहने गर्छिन् । ‘कामसूत्र ३डी’ फिल्मको पोस्टमै निकै कामुक अवतारमा देखिएकी शर्लिनले हिन्दूस्तान टाइम्ससँगको एक अन्तर्वार्तामा जीवनका निजी कुराहरु खोलेकी छिन् । जसमा पैसाका लागि मानिसहरुसँग सुत्ने कुरा पनि खुलाएकी छिन् । उनले आफू १९ वर्षको हुँदा काम र पैसाका लागि आफू पुरुषहरुसँग सुत्ने गरेको बताउँदै युवतीहरुले कामको बदलामा यस्तै सम्झौता गर्नुपर्ने बाध्यता रहेको सुनाइन् ।

0 comments

Write Down Your Responses