वृद्ध भत्तामा दोब्बर वृद्दी,विधवा र पिछडिएका वर्गलाई पनि दोब्बर भत्ता ..

bishnu-paudelशनिबार, १५ जेठ काठमाडौं । व्यवस्थापिका संसदमा बजेट प्रस्तुत गर्दै सरकारले वृद्ध भत्तालाई दोब्बर बनाएको घोषणा गरेको छ । यो सरकारी घोषणासँगै अव वृद्ध-वृद्धाले मासिक २ हजार रुपैयाँ भत्ता पाउनेछन् । सबै प्रकारका सामाजिक सुरक्षाको भत्ता बैंकमार्फत मात्रै वितरण गरिने मन्त्री पौडेलले बताए । शून्य मौज्दातमा बैंक खाता खोल्ने व्यवस्था मिलाउने उनले बताए । त्यसैगरी, विधवा र पिछडिएको वर्गलाई दिने सामाजिक सुरक्षा भत्ता पनि दोब्बर बनाइएको अर्थमन्त्रीले जानकारी दिएका छन् । सरकारले सामाजिक सुरक्षाका लागि ३२ अर्ब रुपयाँ बजेट विनियोजन गरेको छ।

0 comments

Write Down Your Responses