नरगिसको पनि ब्रेकअप?

कपुरसँगको फिल्म ‘रकस्टार’ बाट बलिउडमा डेब्यु गरेकी अमेरिकी मोडल तथा अभिनेत्री नरगिस फाखरी यतिबेला भारतमा छैनन्। एकातिर उनी भारतमा नहुनुलाई स्वास्थ्यमा गडबडी भनिएको छ भने अर्कोतिर उदय चोपडासँगको ब्रेकअपलाई पनि कारण मानिएको छ। शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘अजहर’ को प्रचारमासमेत नहुँदा अभिनेत्री नरगिसको ब्रेकअप नै भएको मान्नेहरु धेरै छन्। केही भारतीय सञ्चारमाध्यममा प्रसारित खबरअनुसार नरगिस उदयसँग बिहेको घोषणा गर्न चाहन्थिन् तर, उदयले इन्गेजमेन्ट तोडे। र बलिउडमा हल्ला यतिसम्म पुगिसकेको छ कि उदयले बिहे गर्न इन्कार गरेपछि नरगिसलाई ‘नर्भस ब्रेकडाउन’ भयो र उनले भारत छोडिन्। तर, उता नरगिसका प्रवक्ताले भने यी सबै हल्ला भएको र नरगिसले भारत र फिल्म दुवै नत्याग्ने बताए।

0 comments

Write Down Your Responses